मंगलबार, १७ कार्तिक २०८३
Test Ad 2
ताजा

दार्शनिक जगत्मा भगवान्‌को मृत्यु कसरी भयो?

दार्शनिक जगत्मा भगवान्‌को मृत्यु कसरी भयो?
Test Ad 2

– कृष्ण गिरी

प्रसिद्ध विद्वान् तथा दार्शनिक भिको भन्छन्, "There are some people who created god, there are some people who forgot that god has been created and there are some people who even believe in god!" अर्थात् संसारमा केही यस्ता मानिस हुन्छन् जसले भगवान् बनाउँछन् वा जन्माउँछन्। त्यही संसारमा केही यस्ता मान्छे पनि छन् जो भगवान् जन्मिएको हो भन्ने कुरा पनि बिर्सन्छन् र त्यही संसारमा केही यस्ता मानिस पनि छन् जो भगवान्‌मा विश्वास समेत गर्छन्। मुख्य-मुख्य दार्शनिकका मुख्य-मुख्य कुरा बुझ्न खोज्दा ईशापूर्व ५०० वर्षअघि दार्शनिक जगत्मा देखा परेका सुकरातका चेला प्लेटोले आफ्नो गुरुबाट सिकेका कुरा व्यक्त गर्दै भनेका छन् कि सारा संसार भगवान्‌ले नै बनाएका हुन्। ऊ नै सत्य हो। यो देखिने संसार त केही पनि होइन। तर नित्से नामक महान् विद्वान्‌ले के कुरा पत्ता लगाए भने पहिले भगवान् कसैले पनि मान्दैनथे। पहिलेका मान्छेलाई भगवान् भन्ने कुरा नै थाहा थिएन। प्राकृतिक विपत्तिबाट बच्न प्राकृतिक विपत्तिलाई पूजा गरेर शान्त पार्ने प्रयास गर्थे। जस्तै भूकम्पबाट बच्न धर्तीमाता, डढेलोबाट बच्न सूर्यदेवता, बाढी आदिबाट बच्न जलदेवता आदि पूजा गर्ने गर्थे। पहिलेका मान्छे मर्थे गरिने अन्तिम संस्कार यस्तो अनौठो हुन्थ्यो कि ती मरेका मान्छेको सम्झनामा गाइने गीत, बनाइने नाटक तथा कथाहरूको प्रतियोगिता नै हुने गर्दथ्यो। त्यसरी जन्मिएका साहित्य अति उच्च कोटीका हुन्थे कि तिनीहरूको तुलनामा आजसम्म पनि कुनै साहित्य जन्मन सकेको छैन। हो त्यतिबेला कलाको माध्यमबाट आफ्नो शोक मनाउँथे तर त्यस्ता उत्कृष्ट कलाहरू लेखिँदैनथे। त्यतिबेला लेख्ने चलन थिएन अनि र जान्दैनथे पनि। तर पछि जब लेख्न थाले तब ती पहिलेका उत्कृष्ट कलाहरू मौखिक रूपमा मात्र थिए र तिने लेखिन थाले। तिने लेखिएका कृति नै आज वेद र बाइबल बन्न सफल भए। यिने कृतिहरू नै आजका भगवान् जन्माउने माध्यम बन्न पुगे। भिकोले भनेजस्तै भगवान् जन्माइएका हुन् भन्ने कुरा नित्सेले प्रमाणित गरेर जस्तो संसार हल्लाउने कृति जन्माउन सफल भए।

यसरी हामी कुन कुरामा स्पष्ट हुनुपर्छ भने पहिलेका कविहरू नै भगवान् थिए भने उनीहरूले जन्माएका कविता नै वेद र बाइबल। आजभोलि त्यस्ता कवि कहाँ पाउनु र? जे होस्, भगवान्‌ले मान्छेको दुनियाँ होइन कि मान्छेले भगवान्‌को दुनियाँ पत्ता लगाएका हुन् वा कल्पना गरेका हुन्। पहिले कविता मात्रै जन्मे पनि पछि जीवन र जगत्‌को बारेमा पनि अनुमान गरिने दर्शन जन्मन थाल्यो। जुन दर्शनले पनि भगवान्‌लाई नै सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको मान्यता दियो। ईस्वी ४५० देखि १०६० सम्मको बर्बर मध्ययुगमा यही दर्शनको व्यापक प्रचार-प्रसार गरियो। मध्ययुगीन दमनकारी कुलीनतन्त्रले आफ्नो स्वार्थपूर्तिका लागि यिने जन्माएका भगवान्‌लाई उपयोग गरे। बलजफ्ती भगवान्‌मा विश्वास गर्न लगाइयो। विश्वास नगर्नेलाई काटियो, मारियो, सूलीमा चढाइयो। समाजलाई विभिन्न जाति-पातिमा विभाजित गरियो। हरेक जातिका आ-आफ्नै धर्म बनाइए। त्यसै रूपमा हिन्दू जातिले पनि आफ्नो जाति धर्म सिन्धुघाँटीमा सिन्धु-सभ्यताको नाममा (आर्यहरूले) हिन्दू धर्म जन्माई प्रचार-प्रसार गर्न थाले। भगवान् मान्दिन भन्ने दशी हजार मान्छे काटिए, दशी हजारौँको सुकुटी पारियो। डिमार्टोरियास पनि भन्दिए कि संसारका जनताले भगवान् भन्दा बाहिर गएर केही सोच्न समेत सक्ने छैनन्। स्वच्छन्दवादी दर्शनको निरुद्धमा देखिएको अठारौँ शताब्दीको युरोपको भौतिकवादी दर्शनले अति प्रगति गर्‍यो कि युरोपले (संसारलाई) आफ्नो उपनिवेशमुनि राख्ने पनि आफ्नो मुनुकहरूभित्र विचारलाई केही खुकुलो स्थान दियो। मान्छे आफ्ना विचारहरू खुलस्त राख्न थाले ता पनि कति वैज्ञानिकहरू र दार्शनिकहरूले आफ्नो सुरक्षाका लागि त्यस्ता भगवान् छैनन् भन्ने भौतिकवादी दर्शन र खोजहरू मृत्युपश्चात् नै जनतासामु पुर्‍याउने चाँजो मिलाए। त्यसैले त माइकल फुको शक्तिलाई विशेष जोड दिन्छन्। शक्ति नै भगवान्‌को जन्म र विकास हो भन्न पछि पर्दैनन्। यसरी मार्क्सवादी भौतिकवादी दर्शनले संसारमा भगवान् नै छैन भनेर बाटो देखाउन थाल्यो। हिगेल आएर द्वन्द्ववादको नियमको प्रतिपादन गर्दै विचारको द्वन्द्वलाई मान्यता दिए जसले भगवान्‌को खुट्टो भाच्ने काम गर्‍यो। जुन विचारको धरातलमा टेकेर कार्लमार्क्स, एङ्गेल्स आदि जस्ता विद्वान्‌ले भगवान् त पैसाले वा वस्तुले जन्माएको कुरा हो भन्ने विचार अघि सारे। त्यसपछि आएका चार्ल्स डार्विनको विकासवादको सिद्धान्त जसले मान्छे, बाँदरबाट विकसित हुँदै आएको हो भन्ने कुरा पत्ता लगाए। जङ्गली युग र औद्यारका कथा आदि जस्ता मानव विकासका नयाँ इतिहास लेखिए। जसले गर्दा मान्छे भगवान्‌को सुन्दर कृति नभई भगवान् नै मान्छेको सुन्दर कृति हो भन्ने कुरा प्रमाणित भयो। यसरी भगवान्‌को मृत्यु भएपछि जीवनको उत्तर त भेटियो तर जगत्‌को उत्तर भने न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम र आइन्स्टाइनको रिलेटिभिटीसम्बन्धी नियमले पत्ता लगायो। जसमा सारा जगत् पनि भगवान्‌बाट सञ्चालित भएन। देवता मानिएका चन्द्रमा, पृथ्वी र सूर्य लगायतका सबै पिण्डहरू आगोका डल्ला र त्यसबाट टुक्रिएका टुक्रा बन्न पुगे। यसले पनि भगवान्‌लाई भर्‍याङबाट पारेर ल्यात्तै फालिदियो। यसरी मर्नैनहुनेका भगवान् पनि मर्न बाध्य भए। पछि सिगमण्ड फ्रायड नामक महान् विद्वान्‌ले मस्तिष्कको कुरा अघि सार्दै भगवान् भन्ने कुरा संसार वा कुनै ब्रह्माण्डमा नभई हाम्रो मस्तिष्कमा हुन्छ भन्ने कुरा पत्ता लगाइदिए। मस्तिष्क र स्नायुको सम्बन्ध, सपना सम्बन्धी सिद्धान्त आदिले त झन् भगवान्‌लाई कहिँको छोडेन। भगवान्‌लाई विश्वास गर्ने आधार पनि मेटियो। संसारमा भगवान् नै रहेनन्। बौद्धिक जगत्मा भगवान्‌लाई विश्वास गर्ने मान्छेलाई मूर्ख ठान्न र अज्ञानी मान्न लागियो। भगवान् भन्ने कुरा त सोझक सामन्तहरूले स्वार्थपूर्तिको गर्ने हतियार मात्र रहेछन् भन्ने कुरा पत्ता लाग्यो। भगवान् मान्न छाड्दा मान्छेले धेरै शुद्ध पाठ्ने विचारहरू पनि आए। नास्तिकहरूको संख्या बढ्न थाल्यो। लकान, क्रिस्टेभा, पद्यमद आदिका मनोविज्ञान सम्बन्धी नियम, खोज र अनुसन्धानपछि विद्वान्‌हरूको निचोडमा पूरै समाज, परम्परा, प्रणाली, चलन, संस्कृति, रीतिरिवाज आदिले गर्दा झूटो भगवान्‌को अस्तित्व भेटिन गयो छ ता पनि शिक्षा, जागरण आदिको माध्यमबाट मानिस आफ्नो जीवनस्तर उठाउन सम्झन्छ। त्यसपछि भाषाशास्त्री वा भाषा वैज्ञानिकहरू पनि कम भोलिमा भएर आएनन्। ससुर, माक्र्सन्, हेगिडे एण्ड हसन् आदि जस्ता निजहरूले त भगवान् भनेको जम्मा एउटा मात्र शब्द हो जसका थुपै्र अर्थ हुन सम्हन्छ भन्न थाले। भगवान् भन्ने शब्दभित्र कुनै किसिमको भगवान् छैन। यी शब्दहरू त मानवनिर्मित भएपछि बनाइएका, विश्वासहरू, कुराहरू सबै मिने संकेत वा शब्दहरूबाटै बनेकाले संसारमा भगवान् भन्ने त छँदै छैन बरु भगवान् भन्ने शब्द नै वस्तु हो भन्न थाले। पछि पश्चिमी सभ्यताको विकाससँगै ससुर, पाडल दै मानु आदिको विचार सितै पनुको हुदै जब डेरिडाको डिकन्स्ट्रक्सनसमम्म आयो तब मंहि हो भनेर ढोकुना गर्नु मूर्खता भयो। भगवान् छ भन्नु नै भगवान् छैन भन्नु पनि हो भन्न थाले। डेरिडाको डिकन्स्ट्रक्सन (विनिर्माणवाद) पछि त बौद्धिक जगत्‌बाट नै शुद्धभयो। भगवान् त कहाँ पुगे, पुगे। हो बौद्धिक जगत्मा भगवान् मरे। काहिँ छैनन्। भगवान् भन्ने शब्दमा समेत भगवान् रहेनन्। बौद्धिक जगत्मा भगवान् मरे पनि संसारमा अन्याय, अत्याचार, शोषण, दमन गर्ने एकदमै सजिलो हतियारको रूपमा प्रयोग भएको मो भगवान् क्षतिपूर्तिसामाय केही होइन भन्ने कुरा बुझ्नु एकदमै ढिला भएको छ। हो, हामीलाई धेरै कुराको ज्ञान छैन। हामीले बिरामी हुँदा के रोग लाग्यो, के गर्दा निको हुन्छ? के गर्नुपर्छ? गाई, भैँसी बिरामी हुँदा के भएको हो? कस्ती भएकोले यस्तो भएको हो? आदि जस्ता कुरामा हामीमा ज्ञान छैन। हामीले हजारौँ क्षेत्रको पूर्ण ज्ञान लिनु असम्भव पनि हो। त्यसैले आफ्नो अज्ञानतालाई अस्वीकार गरौँ। भगवान्‌लाई अस्वीकार गरौँ। यसैमै हाम्रो भलाइ छ। त्यसपछि हरेक समस्याका वैज्ञानिक समाधान खोज्न आँखा खोल्दै जानु हो। संसारमा भगवान् नरहे भूत-प्रेत, दाइ-नोक्सी, जाति-पाँति, धामी-झाँक्री देवी-देवता राक्षस आदि केही पनि रहँदैनन्। यी सबै त भगवान्‌ले जन्माएका पुच्छर मात्रै हुन्। जन जीउ नै मरेपछि पुच्छर कसरी बाँच्छ। आँखा नखोली संसार कसरी देख्नु र? त्यसैले यदि आँखा खोल्नु छ भने सर्वप्रथम भगवान्, भूत-प्रेत, डाइ-नोक्सी आदिमा विश्वास नगरौँ।

Test Ad 2
तपाईंको प्रतिक्रिया
कुल 0 प्रतिक्रिया
टिप्पणीहरू
0

टिप्पणी गर्न कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

अहिलेसम्म कुनै टिप्पणी प्राप्त भएको छैन।